१६ जिल्लामा भेटिए कुष्ठरोगका विरामी

बकैया दर्पण संवाददाता
१५ माघ २०७९, आईतवार १०:३३

मकवानपुर । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने नाराका साथ आज विश्व कुष्ठरोग विरुद्धको दिवस मनाइँदैछ । दिवसको अवसरमा नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरिँदैछ । २०६६ सालमा नै कुष्ठरोग जनस्वास्थ्य समस्याको रुपमा निवारण भएको घोषणा गरिए पनि नेपालमा अझै बर्सेनि २ हजार ५ सयको सङ्ख्यामा नयाँ बिरामीहरु थपिने गरेको सरकारी तथ्याङ्क छ ।

झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाम गरि १६ जिल्ला कुष्ठरोग मुक्त हुन बाँकी छन् । स्वास्थ्य सेवा विभागका कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख विशेषज्ञ डाक्टर प्रशन्न नापितका अनुसार विगतमा ११ जिल्लामा कुष्ठरोगका बिरामी रहेकामा चालु आर्थिक वर्षमा १६ जिल्लामा भेटिएका हुन् ।

िवशेषगरी बाक्लो बस्ती र भारतसँग खुला सीमा भएको तराईका क्षेत्रमा बढी बिरामी भेटिएका उहाँले जानकारी दिनुभयो । सामान्यतया कुष्ठरोग लागेको अवस्थामा शरीरमा नचिलाउने खालको सेतो फुस्रो दाग देखा पर्ने, हात खुट्टामा छुँदा या चिमट्दा थाहा नहुने तथा शरीरमा कमजोरी महसुस हुँदै जानु कुष्ठरोगका लक्षण हुन् । समयमै उपचार गरे यो रोग निको हुने चिकित्सकहरू बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*