सरकारले कोरोना विरुद्धको थप मात्रा खोप ल्याउन प्रक्रिया अगाडि बढायो

बकैया दर्पण संवाददाता
६ माघ २०७९, शुक्रबार १०:४४

मकवानपुर । कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा लगाउन खोज्नेले नपाएको गुनासो गर्न थालेपछि सरकारले थप खोप ल्याउन प्रक्रिया अगाडि बढाएको छ । हाल बुस्टर खोपका लगि उपलब्ध नभएको भन्दै जनगुनासो बढेपछि सरकारले थप खोप ल्याउन प्रक्रिया अगाडि बढाएको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाले बुस्टर मात्रा खोप ल्याउनको लागि प्रक्रिया अगाडि बढाइसकिएको र यही महिनाको अन्तिमसम्ममा नेपाल आइपुग्ने जानकारी दिएको छ ।

खोप शाखाका प्रमुख सागर दाहालले खोप ल्याएपछि केहीलाई भने कोभिडविरुद्धको बुस्टर मात्राको रूपमा चौथो मात्रा खोपसमेत लगाइने बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म २ करोड ३२ लाख ८ हजार ४ सय ८३ जनाले कोरोनाविरुद्धको एक मात्रा खोप लगाएका छन् भने दोस्रो २ करोड २३ लाख २४ हजार ९ सय ३३ जनाले दोस्रो र ७९ लाख ७२ हजार ७ सय ९१ जनाले तेस्रो अर्थात अतिरिक्त मात्रा खोप लगाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*