वायु प्रदूषण बढ्दै, उपत्यकाको वायु सबैभन्दा बढी प्रदूषित

बकैया दर्पण संवाददाता
६ माघ २०७९, शुक्रबार १०:४३

मकवानपुर । हावाको गुणस्तर सूचक मापक एअर क्वालिटी इन्डेक्सले देशभर वायु प्रदूषण बढेको देखाएको छ । काठमाडौँ उपत्यकासहित धनकुटा र दाङमा पनि वायु प्रदूषण उच्च भएको छ । एक्यूआईका अनुसार बिहान सवा ७ बजे सबैभन्दा धेरै भक्तपुरमा एक्यूआई एक सय ६३, काठमाडौँमा एक सय ६१ र ललितपुरमा १ सय ५९ छ ।

त्यस्तै धनकुटामा एक्यूआई एक सय ६० र दाङको तुलसीपुरमा एक सय ५४ रहेको छ । हिउँदे वर्षा नहुँदा प्रदूषण बढ्न थालेको हो । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ । वायु प्रदूषण बढ्दा स्वास्थ्यमा पनि प्रत्यक्ष असर गर्ने भएकाले घरभित्रै बस्न र बाहिर निस्कदा मास्कको अनिवार्य प्रयोग गर्न स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*