पोखरा विमान दुर्घटनाः थप एक जनाको शव भेटियो

बकैया दर्पण संवाददाता
२ माघ २०७९, सोमबार १६:४१

पोखरा – पोखराको सेती नदी खोंचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा थप एक जनाको शव निकालिएको छ। तीन जना अवस्था अझै अज्ञात रहेको छ ।

‘खोंचबाट शव निकालेको खबर आएको छ। अस्पताल ल्याइपुर्‍याइएको छैन’, पुष्टी गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसीले भने ।

अस्पतालमा ६८ जनाको शव लगिएको छ। पोष्टमार्टम सुरु भइसकेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले आइतबारदेखि शव खोजिरहेको छ ।बाँकी एक जनाको खोजी कार्य जारी रहेको छ। आधिकारिक निकायबाट यसको औपचारिक पुष्टि हुन बाँकी छ।
आइतबार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिब ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटरको नजिककमा सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*