आज तमु ल्होसार, देशभर सार्वजनिक विदा

बकैया दर्पण संवाददाता
१५ पुष २०७९, शुक्रबार ०८:३९

मकवानपुर । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । हरेक पुस १५ मा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ ।

तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । यो पर्व गुरुङ समुदायले ’तो ल्हो’ ९बाघ वर्ग० को बिदाइ गर्दै ’हि ल्हो’ (बिरालो वर्ग) को स्वागत गरेर भव्य रूपमा मनाउने गर्दछन् ।

यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ समुदायको बाहुल्य रहेको नेपालको धेरै जिल्लाहरुमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

सरकारले यस पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*