बकैयाको वएब सफर ईन्टरनेटको अफिसमा आगोलागी

बकैया दर्पण संवाददाता
२ मंसिर २०७९, शुक्रबार १३:३०

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ३ हात्तिसुडेस्थित वएब सफर ईन्टरनेटको अफिसमा बिहीबार आगोलागी भएको छ । हात्तिसुडेस्थित सोमबहादुर न्यासुरको घर भाडामा लिई जयराम खतिवडाले संचालन गरेको उक्त अफिसमा ब्याट्री सट भई आगोलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त आगोलागीबाट ब्याट्री, अफिस कोठाको समान गरी २ लाख ५८ हजार रुपैयाँ बराबरको धनजनको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो
। उहाँको अनुसार, उक्त आगो प्रहरी नायव निरीक्षक दमन तामाङको कमाण्डमा टोलीको प्रहरी टोली र स्थानीयको सहयोगमा ७ बजेर ५० मिनेको समयमा नियन्त्रणामा आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*