बकैयामा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

बकैया दर्पण संवाददाता
२४ कार्तिक २०७९, बिहीबार ११:४२

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ४ छतिवनस्थित धरान-चतरा सडकखण्डमा बुधबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती गाउँपालिका वडा नम्वर ५ बगेरि बस्ने २७ वर्षीय सत्यमान घिसिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, बुधबार साँझ ८ बजेको समयमा हेटौंडाबाट हातिसुडेतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ त ३४१ नम्वरको ट्रयाक्टर आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुँदा घिसिङको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै, दुर्घटनामा परेर ट्रयाक्टर सवार सोही ठाउँ बस्ने ३५ वर्षीय दमै सिङ सिन्तान मध्यम घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताउनुभयो । प्रहरीले ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*