डेंगु संक्रमितकाे संख्या ४२ हजार नाघ्याे, ५१ जनाकाे मृत्यु

बकैया दर्पण संवाददाता
३ कार्तिक २०७९, बिहीबार १४:५०

मकवानपुर । कात्तिक २ गतेसम्म नेपालमा डेंगु संक्रमितको संख्या ४२ हजार नाघेकाे छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु संक्रमितको संख्या ४२ हजार ५ सय ४ पुगेकाे छ ।

त्यस्तै डेंगुबाट अहिलेसम्म याे वर्ष संख्या ५१ जनाकाे ज्यान गएकाे छ । यो संख्या सन् २००४ यताकै उच्च रहेकाे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा जनाएकाे छ । महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार हाल देशका ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको छ ।

डेंगु संक्रमण सार्ने एडिस जातको लामखुट्टेको लार्भा अनुकुल वातावरणमा आठ महिनासम्म जीवित रहनसक्ने र फेरि लामखुट्टेको रुपमा विकास हुनसक्ने भएकाले जोखिम भने अझै कम नभएको विज्ञहरुको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*