बकैयामा एक जनाको ट्याक्टरबाट खसेर मृत्यु

बकैया दर्पण संवाददाता
१४ आश्विन २०७९, शुक्रबार १२:४१

मकवानपुर । बकैया गाउँपालिका–५, भडौरामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

भडौँराबाट श्रीपुर आउदै गरेको ना १ त ५०७२ को ट्याक्टरबाट खसेर बकैया–५ का २३ बर्षीय सुमन लोको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ट्याक्टरबाट ओर्लने क्रममा खसेर घाइते भएका लोको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*