काठमाडाैंमा गाेली चल्दा एक जनाकाे मृत्यु

बकैया दर्पण संवाददाता
४ आश्विन २०७९, मंगलवार ०६:३७

मकवानपुर । काठमाडौंको गोठाटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका सर्लाहीका व्यवसायीको मृत्यु भएको छ ।

सर्लाहीका व्यवसायी लाल मोहम्मदको गोली प्रहारबाट मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँ स्रोतले जनाएको छ । मोहम्मदको उपचारका क्रममा मृत्यु भएको हो । उनको शरीरमा ४ राउन्ड गोली प्रहार भएको प्रहरी जनाएको छ । घटनास्थलबाट प्रहरीले एउटा पेस्तोल पनि बरामद गरेको छ ।

हिजो साँझ साढे ६ बजे मोहम्मदलाई अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए । काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*