त्रिचन्द्र कलेजमा प्रहरी र नेविसंघबीच झडप

बकैया दर्पण संवाददाता
२६ भाद्र २०७९, आईतवार १२:३८

मकवानपुर । सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघमा आबद्ध विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।

आइतबार बिहान काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र कलेजबाहिर झडप भएको हो । नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न ढिलाइ गरेकोमा नेविसंघले पुत्ला दहन गरेको थियो । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेविसंघले ढुंगा प्रहार गरेको थियो ।

नेविसंघले बाटो अवरुद्ध गरेर प्रदर्शन गर्दा केही समय घन्टाघर आसपासको सवारी आवागमन अवरुद्ध भएको थियो । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विद्यार्थी प्रदर्शनमा उत्रिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*