मुम्बई जान लागेको जहाजबाट शंकास्पद दुई व्यक्ति पक्राउ

बकैया दर्पण संवाददाता
१८ श्रावण २०७९, बुधबार १६:१०

मकवानपुर । मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नेपाल प्रहरीको विशेष अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको छ ।

नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार नियन्त्रणमा लिइएका व्यक्ति मुम्बई तयारीमा थिए । श्रीमान् श्रीमतीका रूपमा प्रारम्भिक पहिचान खुलेका ती व्यक्ति कुनै आतंकवादी संगठनमा रहेको भन्ने सूचना कैलाली प्रहरीले प्रधान कार्यालयमा पठाएको थियो ।

ढोका बन्द भएर उड्न लागेका बेला विशेष ब्यूरोले अनुसन्धानका लागि जहाज रोकेको हो । सबै यात्रुको जाँचपछि फेरि उनीहरूलाई जहाजमा चढाइने एयरलाइन्सले जनाएको छ । काठमाडौंबाट बुधबार १ः१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी आरए ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*