१८ वर्षमाथिका नागरिकलाई आजदेखि बुस्टर मात्रा खोप दिइने

बकैया दर्पण संवाददाता
३ श्रावण २०७९, मंगलवार १०:२६

मकवानपुर । काठमाडौंमा आज मंगलबारबाट १८ वर्षमाथिका नागरिकलाई कोरोना विरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ । जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । साउन ६ गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौंका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेकाले बुस्टर खोप लगाउन सकिने भन्दै बुस्टर मात्रा नलगाएहरुलाई खोप लगाउन जिल्ला स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । साथै ज्वरो आइरहेका र अरू कारणले बिरामी भएकालाई खोप नलगाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*