राउटे युवतीमाथि याैन दुर्व्यवहार गर्नेलाई सात वर्ष कैद र दुई लाख जरिवाना

बकैया दर्पण संवाददाता
२४ असार २०७९, शुक्रबार १६:०६

मकवानपुर । जिल्ला अदालत, सुर्खेतले राउटे युवतीमाथि याैन दुर्व्यवहार गर्ने दुई जनालाई कैद र जरिवाना ताेकेकाे छ । जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात/सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको हाे ।

साथै अदालतले याैन दुर्व्यवहार भएकाे हाेटलका सञ्चालकलाई ३ वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना ताेकेकाे छ । चौमन घर्ती मगर र भूपेन्द्र बुढा मगरले याैन दुर्व्यवहार गरेका हुन्। उनीहरूले पीडित राहत कोषमा जनही ८ हजार रुपैयाँ जम्मा गर्नुपर्नेछ ।

बिहीबार न्यायाधीश आचार्यले यस्ताे फैसला गरेका हुन् । यसैगरी, होटल सञ्चालक मनबहादुर पुनले ४ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्नेछ ।

जिल्लाकाे गुर्भाकाेट नगरपालिका-९ बाेटेचाैरकाे शुभकामना हाेटलमा २०७८ जेठ २१ गते राति राउटे युवतीमाथि याैन हिंसा भएकाे थियाे ।

राउटे युवतीलाई मदिरा खुवाएर यौन हिंसा गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । प्रहरीले जेठ २३ गते उनीहरूलाई प्रक्राउ गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*