स्थानीय निर्वाचनमा एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित

बकैया दर्पण संवाददाता
६ जेष्ठ २०७९, शुक्रबार १३:४३

मकवानपुर । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म नेकपा एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा निर्वाचन गरेको थियो । निर्वाचनमा ३५ हजार २२१ पदको लागि १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए । आयोगका अनुसार निर्वाचन भएकामध्ये हालसम्म ६३८ स्थानीय तहको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका स्थानीय तहमा हालसम्म एमालेका १० हजार ६०९ जना उम्मेदवार विजयी बनेका छन् ।

प्रमुखमा ६०, अध्यक्षमा ११६, उपप्रमुखमा ७९, उपाध्यक्षमा ११८, वडा अध्यक्षमा १ हजार ९०८, महिला सदस्यमा २ हजार ८४, दलित महिला सदस्यमा २ हजार ४२ र सदस्यमा ४ हजार २०२ जना एमाले उम्मेदवार विजयी भएको आयोगले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*