संघीय संसदका दुवै सदनको बैठक बस्दै

बकैया दर्पण संवाददाता
५ जेष्ठ २०७९, बिहीबार ११:३५

मकवानपुर । संघीय संसदका दुवै सदनको बैठक आज बिहीबार बस्दैछ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर सम्बन्धि प्रस्तावमा छलफलले निरन्तरता पाउने छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूचि पनि रहेको छ ।

यस्तै, राष्ट्रियसभाको बैठकमा पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*