आज र भोलि मतदाता परिचयपत्र वितरण गरिने

बकैया दर्पण संवाददाता
२८ बैशाख २०७९, बुधबार ०९:५९

मकवानपुर । निर्वाचन आयोगले आज बुधबार र भोलि बिहीबार सबै मतदान स्थलबाट मतदाता परिचय पत्र वितरण गर्ने भएको छ ।

मतदान केन्द्रका लागि खटिएका मतदान टोलीहरूबाट मतदाता परिचय पत्र वितरणका काम हुने आयोगले जनाएको छ ।

पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचय पत्र हराएको भन्दै सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई परिचय पत्र दिन लागिएको हो ।

त्यस्तै, आयोगले मतदाता शिक्षा पनि दिने भएको छ । मत बदर नहोस भन्दै मतदान गर्ने सहि तरिकासम्बन्धी जानकारी दिने कार्यक्रम गर्न लागिएको आयोगले जनाएको छ ।

यसअघि, आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, स्वयमसेवक लगायत मतदान कार्यमा खटिने सबै जनशक्तिलाई विभिन्न चरणमा तालिम तथा प्रशिक्षणसमेत दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*