निर्वाचनको मिति नजिकिएसँगै काठमाडौंबाट घर फर्कनेको संख्या बढ्दै

बकैया दर्पण संवाददाता
२८ बैशाख २०७९, बुधबार ०९:५७

मकवानपुर । स्थानीय तह निर्वाचनमा भोट हाल्न जिल्ला फर्कने क्रम बढेको छ । मतदाता नामावली जिल्लामा रहेकाले मताधिकार प्रयोगका लागि उपत्यका छोड्नेको संख्या बढेको हो ।

अहिले दैनिक काठमाडौं आउनेभन्दा बाहिरिने बढिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

यो क्रम वैशाख लागेदेखि नै सुरु भएको र हाल झनै बढिरहेको छ । औसतमा दैनिक १० देखि १५ हजार मानिसले उपत्यका छाडिरहेका छन् । अझै आजदेखि यो संख्या बढ्ने अनुमान गरिएको छ ।

उपत्यकाबाट निजी र रिजर्भ बाहेक ८ हजार बढी सवारी साधन बाहिरिएका छन् । आज बुधबार पनि बिहानदेखि काठमाडौंका नाका भएर घर फर्कनेहरुको भिड लागेको ट्राफिक प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*