एमालेले आज काठमाडौंमा चुनावी सभा गर्दै

बकैया दर्पण संवाददाता
२७ बैशाख २०७९, मंगलवार १०:१९

मकवानपुर । नेकपा (एमाले) ले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा चुनावी सभा गर्दैछ ।

सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

एमाले काठमाडौं जिल्ला कमिटीका अनुसार स्थानीय चुनावका लागि अन्तिम सभा मंगलबार काठमाडौंमा गर्न लागिएको हो ।

मंगलबार मध्यरातदेखि मौन अवधि सुरू हुने भएकोले एमालेले संघिय राजधानी काठमाडौंमा विशेष सभा गरेरर चुनावी प्रचारको बिट मार्न लागेको हो ।

आमसभा अगाडि एमालेले वडा–वडादेखि जुलुस ल्याउने तयारी पनि गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*