एमाले अध्यक्ष ओलीले प्रदेश १ का चारवटा सभालाई सम्बोधन गर्ने

बकैया दर्पण संवाददाता
२४ बैशाख २०७९, शनिबार १०:४०

मकवानपुर । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज प्रदेश १ को चार स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् ।

ओलीले मोरङको विराट चोक, सुनसरीको धरान, इटहरी र इनरुवामा हुने चुनावी सभालाई सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।

ओलीले भोलि राजनीतिक रूपमा चर्चित रहेको चितवनको भरतपुर महानगरपालिकामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् । त्यसपछि उनी रुपन्देहीको बुटवल जानेछन् ।

निर्वाचनमा प्रचार गर्ने केही दिन मात्र बाँकी रहेको बेला अध्यक्ष ओली चुनावी दौडधूप बढेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*