कांग्रेसले काठमाडौंमा आज चुनावी सभा गर्दै

बकैया दर्पण संवाददाता
२३ बैशाख २०७९, शुक्रबार ०९:२४

मकवानपुर । नेपाली कांग्रेसले आज काठमाडौंमा स्थानीय तह चुनाव केन्द्रित सभा गर्ने भएको छ ।

शुक्रबार दिउँसो १ बजे शान्तिबाटिकामा हुने चुनावी सभामा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतले चुनावी सभालाई सम्बोधन गर्ने तय भएको कांग्रेसले जनाएको छ ।

त्यस्तै, सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरूले पनि सभालाई सम्बोधन गर्ने कांग्रेसले बताएको छ । काठमाडौं महानगरमा सत्ता गठबन्धनबाट कांग्रेस नेता सिर्जना सिंह मेयरको उम्मेदवार हुनुहुन्छ । कांग्रेसले यहि वैशाख २१ गतेदेखि २७ गतेसम्म देशका १० शहरमा चुनावी सभा गर्ने भएकाे छ ।
यसअघि विराटनगर र भरतपुरमा आमसभा भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*