एमाले अध्यक्ष ओली आज झापा जाने, चारवटा चुनावी सभालाई सम्बोधन गर्ने

बकैया दर्पण संवाददाता
२० बैशाख २०७९, मंगलवार १०:३९

स्थानीय तहको निर्वाचनको प्रचार अभियानका क्रममा नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा जान लागेका हुन् । ओली आज झापामा चारवटा कार्यक्रममा सहभागी हुने एमाले झापाका सचिव शिव ढुंगेलले जनाकारी दिए ।

ओलीले तीनवटा नगरपालिका र एउटा गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

भद्रपुरको ज्ञानुचोकमा ११ बजे, हल्दिवारी १ गोल्धापमा साढे १ बजे, मेचीनगरको पासाङल्हामु हलमा ३ बजे, र बिर्तामोडमा ४ः३० बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

अध्यक्ष ओली आजै काठमाडौं फर्कने कार्यक्रम छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*