मन्त्रिपरिषद् बैठक बस्दै, सुरक्षा प्रमुख नियुक्त गर्ने तयारी

बकैया दर्पण संवाददाता
१८ बैशाख २०७९, आईतवार १०:२८

मकवानपुर । मन्त्रिपरिषद्को बैठक आज (आइतबार) बस्दैछ। बैठक बिहान ११ बजे बस्ने तय भएको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन्।

आजको बैठकले सुरक्षा प्रमुख नियुक्त गर्ने बताइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी महानिरीक्षक आजदेखि अनिवार्य अवकाशमा जाने भएकाले सरकारले आज निर्णय गर्न लागेको हो।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारीहरू र सशस्त्र प्रहरी बल नेपालका आइजिपी पुष्पराम केसी सहितका अधिकारीहरूले आजदेखि अनिवार्य अवकाश पाउँदैछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*