श्रमिकको एकता र संघर्षले नै परिवर्तन सम्भव: प्रधानमन्त्री

बकैया दर्पण संवाददाता
१८ बैशाख २०७९, आईतवार १०:१३

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकको एकता र संघर्षले नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताउनुभएको छ ।

आज (आइतबार) बिहान १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिंदै उहाँले यस्ताे बताउनुभएकाे हाे । मुलुकको आर्थिक सामाजिक क्षेत्रको महत्वपूर्ण चालक शक्तिका रूपमा रहेको श्रमिक वर्गको काम र जीवनलाई मर्यादित बनाएर मात्रै उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न सकिने उहाँले बताउनुभयाे ।
सरकार श्रमको उच्च सम्मान गर्दै श्रमिकको संविधान प्रद्धत अधिकारको सुनिश्चितता गर्न सदैव प्रतिबद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनुभएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*