लाखौं श्रमिक खाली बस्नु पर्ने अवस्थाकाे अन्त्य गर्न सापकोटाकाे जाेड

बकैया दर्पण संवाददाता
१८ बैशाख २०७९, आईतवार १०:११

मकवानपुर । सभामुख अग्नि सापकोटाले लाखौं श्रमिक खाली बस्नु पर्ने अवस्थाकाे अन्त्य गर्न जाेड दिनुभएकाे छ ।

आज (आइतबार) बिहान १३३औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुुभकामना सन्देश दिंदै उहाँले यस्ताे बताउनुभएकाे हाे । कोरोना संक्रमणको प्रभावमा कमी आएकाले अब लाखौं श्रमिक खाली बस्नु पर्ने अवस्था अन्त्य हुने विश्वास उहाँले व्यक्त गर्नुभएकाे छ ।

दुई वर्ष यता कोरोना महामारीका कारण समग्र अर्थतन्त्रमा परेको नकारात्मक असरले श्रमिक तथा मजदुर वर्गले प्रत्यक्ष असर भोग्नु परेकाे समेत बताउनुभएकाे छ । हाल कोरोनाको प्रभावमा कमी आएसँगै साे क्षेत्रमा सुधार हुने एवं लाखौं श्रमिक खाली बस्नु पर्ने र श्रमका लागि विदेश पुगेका श्रमिक रोजगारी गुमाएर फिर्ता हुनु पर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएकाे शुुभकामना सन्देशमा भनिएकाे छ ।

संविधान प्रदत्त अधिकारको व्यवहारिक कार्यान्वयनका लागि मजदुर वर्गको सामूहिक प्रयास जारी रहने पनि उहाँले बताउनु भएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*