एमाले अध्यक्ष केपी ओली आज हेटौंडा आउँदै

बकैया दर्पण संवाददाता
१८ बैशाख २०७९, आईतवार १०:०६

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज हेटौंडा आउने भएका छन् । एमाले मकवानपुरले आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली हेटौंडा आउने भएको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए ।

पूर्व प्रधानमन्त्री समेत रहेका उनले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा हेटौंडाको हुप्रचौरमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले मकवानपुरका अध्यक्ष श्रेष्ठले बताए । आमसभामा मकवानपुरका १० वटै स्थानीय तहबाट ४० हजारभन्दा बढीको सहभागिता हुने उनले जानकारी दिए ।

त्यसअघि हेटौंडा उपमहानगरका विभिन्न चार वटा नाकाबाट पैदल र्याली गरी हुप्राचौरमा जम्मा भएर १२ बजे कार्यक्रम शुरु गर्ने र १ बजे पार्टी अध्यक्ष ओलीले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार समितिका संयोजनक धुब्रप्रसाद चौलागाईले जानकारी दिए । उनका अनुसार, पार्टी प्रवेश कार्यक्रसमेत हुने बताए । उनले कार्यक्रममा तीन सय जनाको स्वंयमसेवा परिचालन गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*