७६ जिल्लाको मतपत्र छापियो, ४३ जिल्लामा ढुवानी

बकैया दर्पण संवाददाता
१७ बैशाख २०७९, शनिबार १०:३२

मकवानपुर । निर्वाचन आयोगले ६ वटा महानगरपालिका र भक्तपुर जिल्ला बाहेकका सबै जिल्लाको मतपत्रको छपाइ सकिएको जनाएको छ।

आयोगका अनुसार ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाई भइसकेको जनाएको हो। ६ वटा महानगरपालिका र भक्तपुर जिल्लाको मतपत्र भने उम्मेदवारले चुनाव चिह्न पाइसकेपछि छाप्ने आयोगले जनाएको छ।

कायम रहेका दल तथा स्वतन्त्र उम्मेदवारको मात्रै चुनाव चिह्न राखेर मतपत्र छाप्नका लागि यसो गरिएको आयोगले जनाएको छ। आयोगले छापिएका मतपत्र धमाधम सम्बन्धित जिल्लामा पठाइरहेको छ।

हालसम्म ४३ जिल्लाका ७५ लाख ७३ हजार मतपत्र ढुवानी भइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। काठमाडौंबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लाहरुमा मतपत्र पुगिसकेको र अन्य जिल्लाहरुमा पुग्ने क्रम जारी रहेको पौडेको भनाइ छ। मनाङ र मुस्ताङमा भने हेलिकप्टरबाट मतपत्र ढुवानी गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*