एमाले सचिवालय बैठक बस्दै, महानगर र उपमहानगरपालिकाका उम्मेदवारबारे निर्णय लिने

बकैया दर्पण संवाददाता
१० बैशाख २०७९, शनिबार १०:४५

मकवानपुर । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएकाे छ ।

बैठक दिउँसो ३ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्न लागेको हो ।

बैठकमा आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिकाकाे उम्मेदवारबारे निर्णय गरिने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। यसैगरी बैठकमा निर्वाचनसम्बन्धी आवश्यक निर्णय पनि गरिने बताइएकाे छ ।

एमालेले ललितपुमा हरिकृष्ण ब्यन्जनकार, वीरगञ्ज विजय सराबगी र भरतपुरमा विजय सुवेदीको नाम मेयरका लागि सर्वसम्मत रूपमा सिफारिस गरिसकेकाे छ ।

न‍िर्वाचन आयाेगले उम्मेदवारी दर्ताका लागि आइतबार र साेमबारकाे समय दिएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*