गभर्नर हटाउने निर्णय प्रधानमन्त्रीबाट नै भएको प्रचण्डकाे दावी

अर्थमन्त्री शर्मालाई दोष दिन नमिल्ने भनाई
बकैया दर्पण संवाददाता
८ बैशाख २०७९, बिहीबार १०:४२

मकवानपुर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री शेरबहादुर देउवासँगको सल्लाहमै नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्वन गरेको भन्दै पुनर्वहालीका कारण अर्थमन्त्रीले राजीनामा दिनुनपर्ने तर्क गर्नुभएको छ ।

गभर्नर महाप्रसाद अधिकारीलाई अदालतले पुनर्वहाली गरिदिएपछि पदत्याग्नु पर्ने दबावमा परेका अर्थमन्त्री जनार्दन शर्माको बचाऊ गर्दै प्रचण्डले निर्णय प्रधानमन्त्रीबाट नै भएको संकेत गर्नुभएको हो ।

धनगढी विमानस्थलमा आज (बिहिबार) संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले गभर्नरको विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीको सल्लाह भएरै निलम्वन गरेको हो भन्दै अर्थमन्त्रीलाई दोष दिन नमिल्ने बताउनुभयो । आगामी १३ गते अदालतमा दुवै पक्षका कुरा आउने भन्दै दाहालले त्यसपछि मात्रै के भएको हो भन्न सकिने तर्क गर्नुभयो ।

फरक प्रसंगमा उहाँले तोकिएकै मितिमा चुनाव हुने र कुरा नमिल्ने स्थानहरुमा गठबन्धन दलहरुबीच मित्रवत प्रतिष्पर्धा हुने पनि बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*