सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै

बकैया दर्पण संवाददाता
६ बैशाख २०७९, मंगलवार १०:१५

मकवानपुर । स्थानीय तहको निर्वाचनको भागबण्डा मिलाउन सत्तारुढ गठबन्धनको बैठक आज मंगलबार पनि बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे ११ बजे बस्न लागेको हो ।

आइतबार र सोमबार बसेको बैठकले महानगर र उपमहानगरपालिकाको सिट बाँडफाँटमा सहमति जुटाउन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो ।

बैठकमा छ महानगरपालिका र ११ उपमहानगरपालिका कहाँ कसले लिने भन्ने भागबन्डा टुंग्याउन प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तागठबन्धनमा रहेका दलका अध्यक्षहरू र शीर्ष नेताहरू छलफलमा जुट्न लागेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*