बालुवाटारमा फेरि सुरु भयो सत्ता गठबन्धनको बैठक

बकैया दर्पण संवाददाता
५ बैशाख २०७९, सोमबार १५:१३

मकवानपुर । सोमबार बिहान कुनै निष्कर्षबिना टुंगिएको सत्ता गठबन्धनको बैठक बालुवाटारमा सोमबार दिउँसो फेरि सुरु भएको छ । बैठकमा शीर्ष नेताहरुसहित रामचन्द्र पौडेल नेतृत्वको चुनावी तयारी तथा अनुगमन समितिका सदस्यहरु सहभागी छन् ।

बैठकले देशभर रहेका ६ महानगर र ११ उपमहानगरमा सिट बाँडफाँटको टुंगो लगाउनेछ । यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा आफूले भरतपुरमा अड्डी नकसेको प्रतिक्रिया दिएका थिए। उनले सोमबार बेलुकासम्म महानगर र उपमहानगरको बाँडफाँट टुंगिने पनि बताए ।

प्रचण्डले महानगर र उपमहानगरको टुंगो लगाउनेबित्तिकै नगरपालिका र अन्य पालिकाहरुको पनि बाँडफाँट गरिने बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*