नेपालको अर्थव्यवस्था श्रीलंकाको जस्तो हुन नदिने अर्थमन्त्रीको दावी

बकैया दर्पण संवाददाता
५ बैशाख २०७९, सोमबार १२:३०

मकवानपुर । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थव्यवस्था श्रीलंका जस्तो हुन नदिने गरी सुधारको काम गरिरहेको दावी गर्नुभएको छ ।
नेपाल उद्योग परिसंघ (सिएनआई) को प्रतिनिधिमण्डलसँगको भेटमा आज ९सोमबार० उहाँले आगामी बजेट मार्फत अर्थतन्त्रको अहिलेको समस्यालाई सम्बोधन गर्ने र नजिता देखिने गरी सुधार गर्ने बताउनुभएको हो । सो अवसरमा सिएनआईका प्रतिनिधिहरुले नेपालको वर्तमान आर्थिक अवस्थाका विषयमा धारणा राख्दै मुख्य–मुख्य सूचकाङ्कमा श्रीलंका नेपाल भन्दा धेरै मजबुत रहेको दावी गरेका छन ।
नेपालको वास्तविक ऋण १४.५६ विलियन डलर र श्रीलंकाको ८९.५ बिलियन डलर रहेकोले अहिलेकै अवस्थामा सजक रहने हो भने मुलुक सामान्य अवस्थामै रहने उनीहरुको भनाइ छ ।
सिएनआई अध्यक्ष विष्णुकुमार अग्रवालले विदेशी मुद्राको संचितीमा परेको चापबाट माथि उठ्न आयातमा प्रतिबन्ध लगाउनुको सट्टा करको दर बढाउने तथा आयातका लागि लिइने ऋणको ब्याजदर हेरफेर गर्नुपर्ने सुझाव दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*