हराउँदै परम्परागत देउसी भैलो

बकैया दर्पण संवाददाता
३० कार्तिक २०८०, बिहीबार ०५:५२

मकवानपुर ३० कार्तिक । अग्रजहरुका अनुसार लक्ष्मी पूजाको दिन घर घरमा लक्ष्मी पूजा गरेपछि रातभर गाइने गाथालाई भैली भनिन्छ भने लक्ष्मी पूजाको भोलि पल्ट गोवर्धनपूजा सकेपछि देउसी खेल्ने गरिन्छ ।

तर आजभोलि परम्परागत देउसीभैली हराउँदै जान थालेको छ । पहिले देउसीभैलीमा महिला तथा किशोरी गुन्यु चोलीमा हुन्थे, पुरुष दौरा सुरुवाल हुन्थे । साथमा मादल, झ्याली, झ्याम्टा, बासुरी आदि हुन्थ्यो ।

युग परिवर्तनसँगै पोशाक पनि परिवर्तन हुँदै गएको छ । गुन्यु चोलीमा दौरा सुरुवाल त आजभोलि तेही तिहारका बेला सार्वजनिक हुने गीतमा मात्र देख्न पाइन्छ ।

देशभरको सस्कृतिलाई जोगाउन गाउँ समाजमा रहेका पुराना पुस्ताले नयाँ पुस्तालाई सिकाउनु जरुरी रहेको छ । नयाँ पुस्तामा संस्कृति हस्तान्तरण हुन सकेन भने संस्कृति मर्दै जान्छ ।

आजभोलिको पुस्ताले देउसीभैलो पैसा कमाउने स्रोतको रुपमा बुझ््दा यसको मौलिकता घट्न गएको जानकारहरु बताउछन् । समाजमा मनाइने देउसी भैलोको बारे पुरानो पुस्ताले बुझाउन नसक्दा पुराना पुस्ताका देउसी र अहिलेका पुस्ताको देउसीमा फरक आएको हो ।

आजकाल मौलिक र सिर्जनशील तरिकाले देउसी भैली खेल्न छाडिएको छ । स्पीकरमा गीत बजाएको भरमा देउसी भैली चल्न थालेको छ । घरघर गई देउसी भट्याउनुको साटो नयाँ नयाँ हिन्दी गीतहरुमा रमेको देख्न सकिन्छ ।

देउसी र भैलीको रोचक पक्ष भनेको कथा हो । भट्याउनेले भट्याउँदा कथा भन्दै जान्छ । कथा विभिन्न हुनसक्छन् । भट्याउनेको खुबी कस्तो छ भन्नेले देउसी भैली टोलीको प्रभावकारिता निर्धारण हुन्छ । भट्याउने क्रममा कथा र लोकको गाथा भन्ने चलन हराउँदै गएको छ ।

देउसी भैलो आशिष दिने तरिका अझ प्रभावकारि हुँदै जानुपर्नेमा आजकाल विधि पुराउन मात्र आशिष दिइन्छ ।

बजार तथा गाउँ घरमा गाइने देउसी भैली तेही पुराना गाथा समेटिएर आउने पाइन्छ । देउसी भैलीको मुख्य उद्देश्य नै आशिष दिनु हो भन्ने तथ्य नयाँ पुस्तालाई सिकाउनुपर्ने अहिलेको आवश्यकता देखिन्छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*