विश्व मानसिक स्वास्थ्य दिवस आज मनाइँदै

बकैया दर्पण संवाददाता
२३ आश्विन २०८०, मंगलवार ११:५०

मकवानपुर । मंगलबार विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

हरेक वर्षको अक्टोबर १० मा यो दिवस मनाउने गरीएको छ । मानिस र समुदायका लागि मानसिक स्वास्थ्य सबैको अधिकार यो वर्षको नारा तय गरीएको छ । मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिमूलक कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।

त्रिविवि शिक्षण अस्पतालका मानसिक रोग विभागका प्रमुख डा। सरोज ओझाले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाउने र सबैको मानसिक स्वास्थ्यलाई विश्वव्यापी मानवअधिकारको रूपमा प्रवद्धन गर्न यो दिवस मनाईने गरीएको बताउनुभयो ।

दैनिक शारीरिक अभ्यास, सन्तुलित आहारको सेवन, राम्रो निद्रा र सकारात्मक सोचको विकासले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सहयोग पुग्ने उहाँको भनाई छ । मानसिक स्वास्थ्यमा देखिएका समस्यामध्ये डिप्रेसन र एन्जाइटी बढी देखिएको छ ।

मानसिक स्वास्थ्यमा देखिने समस्यालाई औषधिको सेवन, परामर्श र मनका कुरा अभिव्यक्ति गर्ने वातावरण दिनसके डिप्रेशनलाई कम गर्न सकिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*