झरीले आन्तरिक उडान अस्तव्यस्त, विमानस्थलमा यात्रुको भीड

बकैया दर्पण संवाददाता
१७ आश्विन २०८०, बुधबार १४:३७

मकवानपुर । देशका धेरैजसो ठाउँमा झरी परेका कारण आन्तरिक उडान प्रभावित भएको छ । आज बुधवार काठमाण्डौबाट हुने सबै माउन्टेन फ्लाइट रद्द भएका छन् । केही विमानस्थलमा उडान भए पनि केहीमा भने ठप्प रहेको छ ।

आज पोखराबाट बिहान ८ बजेपछि कुनै पनि उडान र अवतरण हुन सकेका छैनन् । काठमाण्डौबाट पोखराका लागि तय भएका १० वटा उडान अहिलेसम्म हुन सकेका छैनन् । यति एअरलाइन्को एउटा उडान रद्द भएको छ । बिहान मौसम खुलेको समयमा पोखराबाट पाँच वटा जहाज काठमाण्डौ आएका थिए भने पोखरामा चार वटा मात्रै अवतरण भए ।

यस्तै काठमाण्डौबाट भरतपुरका लागि तय भएको एउटा उडान सम्पन्न भएको छ भने बुद्ध एअरका दुई वटा उडान रद्द भएका छन् । तुम्लिङटारको उडान–अवतरण पनि ठप्प छ । अरू विमानस्थलमा पनि उडानमा ढिलाइ हुँदा विमानस्थलमा यात्रुको भीड लागेको छ । विशेष गरेर पोखरा र काठमाण्डौको विमानस्थलमा यात्रुको भीड रहेको र व्यवस्थापन गर्न समस्या भएको एअरलाइन्सले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*