६० किलो सुन प्रकरणमा थप एक जना पक्राउ

संवाददाता
२२ भाद्र २०८०, शुक्रबार १२:५८

मकवानपुर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिव कुमार सराफ रहेका छन् ।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । बारा घर भएका सराफलाई पक्राउ गरिएको ब्युरोका एक जना अधिकृतले जानकारी दिए । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।

यससँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ । हालसम्म पक्राउ पर्नेहरूमा राम कुमार भुजेल, दिलीप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली रहेका छन् ।

त्यसैगरी सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, टीयान मि, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याओ पुचेङ्ग, ली वेन सुङ्ग, गणेश पौडेल, किशोर बस्नेत, सुमन खरेल र शिव कुमार सराफलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा उक्त परिमाणको सुन बरामद गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*