हेटौंडाका डाक्टर जवरजस्ती करणी आरोपमा पक्राउ

बकैया दर्पण संवाददाता
२० भाद्र २०८०, बुधबार १४:३१

मकवानपुर । मकवानपुरमा महिलालाई जवरजस्ती करणी गरेको आरोपमा एकजना डाक्टर पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको हेटौंडा सिटी अस्पतालमा कार्यरत डाक्टर बसिम राइलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै अस्पतालमा कार्यरत एक जना पूर्व महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा काठमाडौं बुढानिलकण्ठ घरभइ हाल हेटौंडा(१ स्वर्गलोक बस्ने हेटौंडा सिटी अस्पतालका संचालक ३६ वर्षका राईलाई पक्राउ गरिएको हो ।
पक्राउ गरिएको राईलाई पाँचदिन म्याद थप गरि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*