परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा अब अनलाइनबाटै टिकट

बकैया दर्पण संवाददाता
२० भाद्र २०८०, बुधबार १३:२६

मकवानपुर । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पातलले आजदेखि अनलाइन टिकेटिङ सेवा सुरु गरेको छ ।

बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालले बुधबारदेखि नै अस्पतालमा एक–एकवटा बिलिङ, टिकट काउन्टर र फार्मेसी काउन्टर समेत थप गरी सञ्चालनमा ल्याएको छ ।

अस्पतालमा अहिले जनरलतर्फ ४५० शैय्या निःशुल्क गरिएको अस्पताल निर्देशक श्रीप्रसाद अधिकारीले बताए । अस्पतालमा स्वीकृत शैय्या ४१४ भए पनि बिरामीको चापका कारण ४८९ शैय्या सञ्चालन गरिएको उनले बताए ।

गत आर्थिक वर्षमा अस्पतालबाट एक लाख ८० हजार ८९० जनाले ओपीडी र २४ हजार ६७२ ले प्रसुति सेवा लिएका थिए । त्यस्तै, गत आर्थिक वर्षमा एक हजार ७७९ जना महिलाले निःशुल्क सुरक्षित गर्भपतन सेवा लिएको अस्पतालको तथ्यांक छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*