बेपत्ता भएको १० दिनपछि मृत अवस्थामा भेटियो डाक्टर कोइराला

बकैया दर्पण संवाददाता
२० भाद्र २०८०, बुधबार १२:२७

मकवानपुर । झापाको दमकका डाक्टर उज्ज्वल कोइराला बेपत्ता भएको १० दिनपछि मृत अवस्थामा फेला परेका छन् ।

गत भदौ १० गतेदेखि उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर बेपत्ता भएका उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

प्रहरीका अनुसार, उनको शव सुनसरीको वराहक्षेत्र २ नम्बर वडास्थित कोशी बगरको बाह्रआरी भन्ने ठाउँमा भेटिएको हो ।

झापाको दमक–१ निवासी कोइराला मदन भण्डारी ट्रमा सेन्टर, उर्लाबारीमा जनरल सर्जनको रूपमा कार्यरत थिए । त्यसबेला कोइरालाले लगाएको जुत्ता र उनको मोबाइल सप्तकोशी नदी किनारमा भेट्टाएको थियो ।

डाक्टर कोइरालाले आफू सवार १–०२–००२ च ४१६६ नम्बरको कार भने सप्तकोशीको पुल छेउमा भेटिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*