पाल्पामा काम नगर्ने १० निर्माण व्यवसायीका सम्झौता रद्द गरिँदै

बकैया दर्पण संवाददाता
१७ भाद्र २०८०, आईतवार १३:०९

मकवानपुर । निर्माण व्यवसायीले दश वर्ष पुग्दा समेत योजनाका काम पुर्ण रुपमा सम्पन्न नगरी अलपत्र छाडेपछि सडक डिभिजन कार्यालय पाल्पाले सम्झौता तोडेर धरौटी जफत गर्दै कालो सुचीमा राख्ने भएको छ ।

पटक पटक ताकेता गरेपनि समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता सडक डिभिजन कार्यालय पाल्पाले तोड्न लागेको हो ।

सडक डिभिजन कार्यालय पाल्पाले लामो समयसम्म पनि योजना पुरा नगरेका निर्माण व्यवसायीहरुको ठेका रद्द गर्ने पक्रिया थालेको छ । कान्छाराम जयवावा गोरखा जे.भि. काठमाडौं, कोशी एण्ड न्यौपाने ओम साई कन्ट्रक्सन जे.भी. काठमाडौंले समयमा काम नगरेपछि डिभिजन सडक कार्यालयले ठेक्का तोड्ने भएको छ ।

कार्यालयले पटकपटक म्याद थपे पनि सो अवधिमा समेत काम पुरा नगर्दा माडी फाँट वरिपरीका चार पालिकाका बासिन्दा सहज यातायातको सुविधाबाट बञ्चित भएको तानसेन नगरपालिकाका अध्यक्ष राजेश कुमार अर्यालको भनाइ छ ।

सिद्धार्थ राजमार्ग तानसेन बुटवल सडकखण्डको जरेपिपल खण्ड, आर्यभञ्ज्याङ्ग रामपुर सडकखण्ड र तानसेन बुटवल सडकखण्डको डुम्रे क्षेत्रमा मर्मतका लागि जयरक्तकाली कन्ट्रक्सन प्रा.लि. नुवाकोट, आर्यभञ्ज्याङ्ग रामपुर सडकखण्डमा मर्मतका लागि उदय कन्ट्रक्सन एण्ड इन्जिनियरिङ्ग कन्सल्टेन्सी तानसेन पाल्पा, रिडि तम्घास क्षेत्रमा सडक मर्मतको जिम्मेवारी लिएको रिदम कन्ट्रक्सन बुटवल रुपन्देही, झुम्सा राम्दी सडकखण्ड मर्मतको जिम्मा लिएको नमुना कन्ट्रक्सन खिम्ती प्रा.लि. रामेछाप, सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डको झुम्सा क्षेत्रमा मर्मत सम्भारका लागि जिम्मा लिएको चण्डी निर्माण सेवा सिद्धार्थनगर रुपन्देही, कालीगण्डकी नदीमा गुल्मी रिडी र स्याङ्जा चण्डीभञ्ज्याङ्ग जोड्ने स्टिल ट्रस पुल निर्माणको ठेक्का सम्झौता गरेको श्री स्वच्छन्द निर्माण सेवा नागार्जुन काठमाडौ लगायतका दश वटै निर्माण व्यवसायीले समयमा काम नगरेकोेले सम्झौता रद्द गर्न विभागमा पत्राचार गरिसकेको सडक डिभिजन कार्यालयमा डिभिजन प्रमुख प्रदिपमणि निरौलाले बताउनुभयो

एउटै निर्माण व्यवसायीलाई सरकारले धेरै ठेक्का दिने, राजनतिक दलको पहुँचको आधारमा काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्न नसक्ने, सार्वजनिक खरिद ऐन व्यवहारिक नभएका कारण पनि योजनाका कामहरु समयमा सम्पन्न नभएका हुन् । जसका कारण नागरिकले वर्षैदेिख समस्या झेल्दै आएका छन् । (ईमेजखबर)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*