धरानमा शुक्रबार रातिदेखि जारी निषेधाज्ञा हट्यो

बकैया दर्पण संवाददाता
१० भाद्र २०८०, आईतवार ११:१६

मकवानपुर । सुनसरीको धरानमा आइतबार बिहानदेखि निषेधाज्ञा हटेको छ ।

स्थानीय प्रशासनले निषेधाज्ञा हटाएसँगै आइतबार बिहानैबाट धरानमा चहलपहल सुरु भएको छ । साम्रदायिक सद्भाव नबिग्रियोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानरपालिका क्षेत्रमा गएको शुक्रबार रातिदेखि शनिबार रातिसम्मको लागि निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञाको कारण शनिबार दिनभर धरान सुनसान बनेको थियो । जातीय र धार्मिक विवाद बढ्दै गएपछि सम्भावित हिंसा रोक्न धरानमा निषेधाज्ञासँगै शनिबार ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । निषेधाज्ञाको अवधिमा कुनैपनि अप्रिय घटना नभएपछि स्थानीय प्रशासनले धरानमा आइतबार बिहानदेखि निषेधाज्ञा हटाएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, धरानका मेयर हर्क सामपाङ र राष्ट्रिय मानवअधिकार आयोगले धरानमा साम्प्रदायिक सद्भाव कायम राख्न अपिल गरेका छन् ।

त्यसैगरी धरानमा सामाजिक एकता कायम राख्न विभिन्न राजनीतिक दल, धरानका पूर्व मेयरसहित विभिन्न संघसंस्था र नागरिक समाजले पनि अपिल गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*