महिला हवल्दारलाई ‘गुड फ्राइडे मनाऔं’ भन्ने एसएसपीमाथि थप छानबिन

बकैया दर्पण संवाददाता
७ भाद्र २०८०, बिहीबार १४:४४

मकवानपुर । नेपाल प्रहरीका सहायक हवल्दार (महिला)लाई ‘गुड फ्राइडे मानाऔं’ भन्ने प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालमाथि थप अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले टोली परिचालन गरेको छ।

आफ्नै कार्यलयमा कार्यरत महिला हवल्दारमाथि यौन हिंसा गरेको आरोप लागेका माथिमाथि थप कारबाहीका लाथि छानबिन तथा अनुसन्धान गर्न भन्दै प्रहरी प्रधान कार्यालयले टोली खटाएको हो। प्रहरी प्रधान कार्यालय स्रोतका स्रोतका अनुसार प्रहरी उपरीक्षक (एसपी) को कमाण्डमा एक महिला डीएसपीसहितको टोली केही दिनअघि मात्रै सूदरपश्चिमको महेन्द्रनगरस्थित प्रहरी कार्यालय पठाइएको छ।

उक्त टोलीले पीडित भनिएकी महिला प्रहरीसँग घटनाबारे सोधपुछ गर्नुका साथै उक्त कार्यालयका अन्य व्यक्तिसँग समेत सोधपुछ गरेको छ। उक्त समितिले छानबिन प्रतिवेदन दिएपछि सोही अनुसार एसएसपी पाललाई कारबाही गरिने प्रहरी प्रधान कार्यलयले जनाएको छ।

एसएसपी पालले बिदा मागेकी एक महिला सहायक हवल्दारलाई यौन दुर्व्यवहार गरेपछि त्यतिबेलै प्रदेश प्रहरी कार्यालय धनगढीले एसपी श्यामसिंह चौधरीको नेतृत्वमा समिति गठन गरेर छानबिन प्रक्रिया अघि बढाएको थियो।

घटनाबारे थप बुझ्न भन्दै पाललाई प्रहरी प्रधान कार्यालयमा समेत झिकाइएको थियो। जसक्रममा उनीबाट गल्ती भएको पाइएपछि प्रहरी प्रधान कार्यालयको सिफारिसरमा उनी निलम्बनमा परेका थिए। प्रहरी नियमावलीअनुसार १ पटकमा ६ महिनाभन्दा बढी निलम्बन गर्न मिल्दैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*