अध्यागमन विभागका महानिर्देशक अधिकारीको जिम्मेवारी खोसियो, गृहमा तानेर छानबिन सुरु

बकैया दर्पण संवाददाता
७ भाद्र २०८०, बिहीबार १४:४१

मकवानपुर । अध्यागमन विभागका महानिर्देशक झलक राम अधिकारीको जिम्मेवारी खोसिएको छ।

बिहीबार अधिकारीको जिम्मेवारी खोसेर गृह मन्त्रालयमा तानिएको गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस संयोजक कमल गिरीले जानकारी दिए।

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका भियना होटलका सञ्चालक दावा छिरिङसँग अधिकारीको कनेक्सन देखिएपछि गृहमन्त्री श्रेष्ठको निर्देशनमा उनको जिम्मेवारी खोसिएको हो।

उनलाई अहिले गृह मन्त्रालयको अतिरिक्त समूहमा राखेर छानिबिन अघि बढाइएको छ । उनका बारेमा प्रश्न उठेपछि छानबिन गर्न मन्त्रालय तानिएको गृहले जनाएको छ ।

सुन प्रकरणमा पक्राउ परेका दावासँग अधिकारीको वीच्याटमा कुराकानी हुने गरेको तथा तस्करी प्रकरणमासँग मेल खाने संवाद देखिएको र विभिन्न फोटाहरु समेत पठाएर सामान आउँदै गरेको जानकारी दावाले झलकलाई गराएको देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*