सुन तस्करी प्रकरणमा जोडिएका अध्यागमन विभागका महानिर्देशक अधिकारीलाई हटाइयो

बकैया दर्पण संवाददाता
७ भाद्र २०८०, बिहीबार १४:२१

मकवानपुर । सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियम नागरिक दावा शेर्पासँगको कुराकानीमा मुछिएको पाइएपछि अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालयमा तानिएको छ ।
मन्त्रालय उच्च स्रोतले दिएको जानकारीअनुसार अधिकारीलाई आजदेखि नै मन्त्रालयमा तानिएको हो ।

अधिकारीले दावासँग गरेको कुराकानी सार्वजनिक भएपछि उनलाई मन्त्रालयमा तानिएको हो । उनीमाथि अनुसन्धान पनि हुन सक्ने ती अधिकारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*