कालिमाटी तरकारी बजारले दुई दिनपछि तोक्यो प्याजको मूल्य, ७५ देखि ८० रुपैयाँ प्रतिकेजी 

बकैया दर्पण संवाददाता
७ भाद्र २०८०, बिहीबार १२:४९

मकवानपुर । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दुई दिनपछि प्यााजको मूल्य तोकेको छ ।

आइतबारसम्म ६१ रुपैयाँ प्रति केजी रहेको प्याजको मूल्य सोमबार बढाएर न्युनतम ७५ रुपैयाँ प्रतिकेजी र अधिकतम ८० रुपैयाँ प्रतिकेजी कायम गरिएको थियो ।

सोमबारदेखि बढेको प्याजको मूल्य समितिले मंगलबारदेखि दैनिक रुपमा सार्वजनिक गर्ने मूल्य सूचीबाट प्याजलाई हटाएको थियो भने, आज दुई दिनपछि समितिले दैनिक मूल्य सूचीमा प्याजको मूल्य तोकेको हो ।

आज समितिले राखेको मूल्यसूचीमा भारतीय सुकेको प्याजको मूल्य न्यूनतम ७५ रुपैयाँ र अधिकतम ८० रुपैयाँ प्रतिकेजी कायम गरिएको छ । भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल लगाएपछि नेपालमा व्यापारीले प्याज आयात रोकेका थिए ।

आजदेखि कालिमाटीमा प्याजको आयात सुरु भएको समितिका कर्यकारी निर्देशक डाल प्रसाद पुडासैनीले बताए । रोकिएको आयात आजदेखि खुलेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*