धनगढीबाट काठमाडौंका लागि छुटेको बस दुर्घटना, २९ जना घाइते

बकैया दर्पण संवाददाता
५ भाद्र २०८०, मंगलवार १२:३६

मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नम्वर २ स्थित घ्युखोलामा आज बिहानै यात्रुबस दुर्घटना भएको छ ।

धनगढीबाट काठमाडौंका लागि छुटेको सुपप्र ०१–००१ ख २९८६ नम्बरको बस ‘बे्रक फेल’ भई सडक छेउमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उक्त बस दुर्घटनामा परेर २९ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएकाहरूको मध्यविन्दु जिल्ला अस्पताल र दम्किबास स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

घाइते सबैको अवस्था खतरामुक्त रहेको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बसमा ३५ जना यात्रु सवार थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*