अपहरण गरी कुटपिट गरेको आरोपमा ७ जना पक्राउ

बकैया दर्पण संवाददाता
५ भाद्र २०८०, मंगलवार १२:३१

मकवानपुर । दाङमा अपहरणपछि बन्धक बनाई कुटपिट गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

जिल्लाको घोराही उपमहानगरपालिका–१३ सेवारका ४१ वर्षीय जीतबहादुर बिकलाई आइतबार राति अपहरण गरी कुटपिट गरिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा घोराही १९ का ३२ वर्षीय दीपक सुनार, २४ वर्षीय हिरा सुनार, २३ वर्षीय जीवन सुनार, २० वर्षीय मनोज घर्ती मगर, ३४ वर्षीय खिमबहादुर घर्ती मगर र दुई जना नाबालिग रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार, गत आइतवार राति विकलाई अपहरण गरी रा १ ह ४१३१ नम्बरको अटो रिक्सामा राखेर घोराही १९ थकालीकोटस्थित दीपक सुनारको खाली घरमा पुर्याएको थियो ।

त्यहाँ उनलाई कुटपिट गरी घाइते बनाएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । घाइते विकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

पक्राउ परेकाहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*