दुई बालबालिकाकालाई अपहरण गरी भारत लैजाँदै गरेको अवस्थामा उद्धार

बकैया दर्पण संवाददाता
४ भाद्र २०८०, सोमबार १३:०४

मकवानपुर । सशस्त्र प्रहरीले आइतबार बाराको सीमा क्षेत्रबाट बोरामा राखेर भरततर्फ लैजाँदै गरेका दुई बालबालिकालाई उद्धार गरेको छ ।

सशस्त्र प्रहरीले बाराको देवताल गाउँपालिका ३ नन्की अमुवा बस्ने शिवपुजन महत्तोको ९ महिनाकी छोरी लक्ष्मी महत्तो र स्थानीय प्रेमचन्द्र महत्तोको २ वर्षीय छोरा सत्यमकुमार महत्तोलाई उद्धार गरेको हो ।

ती बालबालिकालाई लैजाँदै गरेका भारत बिहारस्थित आधापुर बस्ने २२ वर्षीय ताबरेज आलमलाई प्रहरीले पक्राउ गरेको छ । आलमले बोरामा हालेर भारत लैजाँदै गरेका बालबालिका रोएको आवाज सुनेपछि सशस्त्र प्रहरीको टोलीले चेकजाँच गरेको थियो ।

सो क्रममा सशस्त्र प्रहरी बिओपी दक्षिण झिट्कैयाबाट मिलन श्रेष्ठको कमान्डमा खटेको टोलीले बच्चालाई उद्धार गरेको जनाइएको छ ।
प्रहरीका अनुसार, उद्धार गरिएका बालबालिका अभिभावकको जिम्मा लगाएको छ ।

पक्राउ परेका आमललाई आवश्यक कारबाहीका लागि प्रहरी चौकी देवापुर बारामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*