सार्वजनिक यातायातको भाडा पुनः बढेको

बकैया दर्पण संवाददाता
३१ श्रावण २०८०, बुधबार १४:५५

मकवानपुर । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा पनि बढाएको छ ।

नेपाल आयल निगमले मंगलबार रातिदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेल र मट्टीतेलमा १४ रुपैयाँ बढाएको थियो ।

त्यसपछि बुधबार यातायात व्यवस्था विभागले यात्रुवाहक र मालवाहक सवारीको भाडा पनि वृद्धि गरेको हो ।

नयाँ भाडादर अनुसार यात्रुवाहक सवारी साधनको ४.७० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ६.१५ प्रतिशत र तराईमा चल्ने मालवाहक सवारीको ६.८३ भाडा प्रतिशतले बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*