सप्तरी घटनाका दोषीलाई कानुनी दायरमा ल्याउन मानव अधिकार आयोगको माग

बकैया दर्पण संवाददाता
३० श्रावण २०८०, मंगलवार १३:५४

मकवानपुर । राष्ट्रिय मानवअधिकार आयोगले सप्तरीमा मानव अधिकारकर्मी तथा पत्रकार मनोहर पोखरेलमाथि भएको कुटपिटको घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।

मानव अधिकारकर्मी तथा पत्रकार पोखरेलमाथि प्रहरीले कुटपिट र दुर्व्यवहार गरेकोप्रति ध्यानाकर्षण भएको भन्दै आयोगले निष्पक्ष छानबिनको माग गरेको हो ।

आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गर्न र अधिकारकर्मीको सुरक्षामा ध्यान दिन माग गरेको छ ।

‘मानव अधिकारकर्मी तथा पत्रकार मनोहर पोखरेललाई जिल्ला प्रहरी कार्यालय परिसरमा सेवाग्राहीको काम विशेषले गएको समयमा उक्त कार्यालयमा कार्यरत प्रहरीद्वारा कुटपिट तथा दुर्व्यवहार भएको घटना एवम् उक्त घटनालाई आयोगले गम्भीर रुपमा लिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय पत्रकारहरु र अन्य सामाजिक संघ संस्थाहरुबाट निरन्तर भइरहेको विरोधका सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’

आयोगका प्रवक्ता टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत् उक्त घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गर्न माग गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*